Logo

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ५५ रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु,केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी र जीवन उदय एकल)
यस बीमालेख अन्तर्गत कम्पनीले १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

सावधिक जीवन बीमालेख (नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा)
कम्पनीले यस बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक बीमालेख (जीवन समुन्नत)
यस बीमालेखमा कम्पनीले १० वर्षे अवधिका लागि ५६ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५६ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १/विकल्प २)
यस बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ, २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६५ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १)एकल बीमाशुल्क)
यस योजना अन्तर्गत १० वर्षे अवधिका लागि ५५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५५ रुपैयाँ, १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना)
कम्पनीले यस योजना अन्तर्गत १० वर्षे अवधिका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ र २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक तथा आजीवन बीमालेख (जीवन सहारा,अनमोल जीवन)
यस बीमा योजना अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्षे अवधिका लागि ८२ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन सम्वृद्धि)
यस योजना अन्तर्गत १५ वर्षे अवधिका लागि ५६ र २० वर्षे अवधिका लागि पनि ५६ रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदावहार जीवन) यस योजना अन्तर्गत कम्पनीले सबै बीमा अवधिका लागि ५६ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि)
कम्पनीले यस बीमालेख अन्तर्गत सबै अवधिका लागि ५६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अन्य (जीवन सारथि)
कम्पनीले यस बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६२ रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८५ र ३० भन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँ बोनस दर तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This