काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बीरगंजका नगर प्रमुख राजेश मान सिंह थिए ।
सो कार्यक्रममा विशेष अतिथिको रुपमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल र बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको उपस्थिति थियो । सो कार्यक्रममा गल्फ इन्टरनेशनलका श्री केदार रेदे ज्यु , निर्यात प्रबन्धक, प्राविधिक डिभिजनका उपमहाप्रबन्धक तपस चक्रवर्ती, सहायक प्रबन्धक अम्लान मल्लको उपस्थिति थियो ।
सो कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरुले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेंटको प्राविधिक पक्षमा चर्चा गर्दै, स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेंट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए । सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईले भने, “नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको छ । आगामी दिनहरूमा, कम्पनीले सिंथेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिरहेको छ । यो पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा सेवा लिन सक्नेछन् ।
उत्पादनको गुणस्तर र लामो ड्रेनेज क्षमता प्रदान गर्न सक्षम भएकोले, गल्फ लुब्रिकेंतको प्रयोगले उद्योगहरूको कुल लागत घट्नेछ र मेसिनहरूको आयु पनि बढ्नेछ ।’ ‘फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।