काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि आवेदन खुलाएको छ। तह ५ देखि १० सम्मका लागि स्थायी नियुक्ति गर्ने उद्देश्यले शुक्रबार सूचना जारी गर्दै विभिन्न समूहका लागि दरखास्त आह्वान गरिएको हो।
प्राधिकरणले १९५ जना अधिकृतस्तर र ८८८ जना सहायकस्तरमा आवेदन मागेको छ। लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ। आवेदन दिने अन्तिम मिति पुस २५ तथा दोब्बर दस्तुरमा माघ ३ सम्म तोकिएको छ।
अधिकृतस्तरमा माग भएका पदहरू
इलेक्ट्रिकल इन्जिनियर : ६२ जना
प्रशासकीय अधिकृत : ३८ जना
लेखा अधिकृत : ३१ जना
कम्प्युटर इन्जिनियर : २१ जना
सिभिल इन्जिनियर : ९ जना
सहायकस्तरमा माग भएका पदहरू
इलेक्ट्रिकल सुपरभाइजर : ७४० जना
मिटररिडिङ सुपरभाइजर : ४१ जना
लेखापालस् : ३९ जना
मेकानिकल सुपरभाइजर : १९ जना
सिभिल सुपरभाइजर : ३ जना
योग्यता अनुसार प्राविधिक र प्रशासनिक क्षेत्रमा अवसर खुलेका छन्। सहायकस्तरका कर्मचारीले आवेदन दिएको प्रदेशभित्रै काम गर्नुपर्नेछ।