काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले बोनस पारित गर्न पुस १८ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउने छन् ।