Logo

आइएमई पेले ल्यायो “लोड, पे, विन!” अफर, बम्पर उपहारमा १००% क्यासब्याक

आइएमई पेले ल्यायो “लोड, पे, विन!” अफर, बम्पर उपहारमा १००% क्यासब्याक



 काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले “लोड, पे, विन!” नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत आइएमई पे  प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न  र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । 

मङ्सिर २० गते  देखि पौष २० गते सम्म  १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु. १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधी भरी आइएमई पेबाट गरेको कुल कारोबार  खर्चको १००% नै  क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट “लोड टु वालेट”, कनेक्ट आइपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न  सक्नेछन्। यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा रु. १००० आइएमई पेमा  लोड गर्नुपर्ने हुन्छ र मोबाईल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ। बम्पर विजेताहरुले कुल कारोबार  खर्चको १००% क्यासब्याक अधिकतम रु १०,००० सम्म  प्राप्त गर्न सक्नेछन्।  

आइएमई पे को बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्।

यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

प्रतिक्रिया दिनुहोस्