Logo

९ अर्बको लगानीमा क्लिंकर ग्राइन्डिङ उद्योग खुल्दै, विभागबाट पायो संचालन अनुमति

९ अर्बको लगानीमा क्लिंकर ग्राइन्डिङ उद्योग खुल्दै, विभागबाट पायो संचालन अनुमति


रक्षा रेग्मी
54
Shares

काठमाडौं । दाङको घोराहीमा घोराही क्लिंकर ग्राइन्डिङ उद्योग स्थापना गरिने भएको छ । घोराहीको लक्ष्मीपुर गाविसमा सो उद्योग स्थापना गर्न लागिएको हो ।

उद्योग संचालनका लागि मंसिर २२ गते विभागले स्वीकृति दिएको विभागका अनुमति शाखाका प्रमुख रामप्रसाद लुइटेलले जानकारी दिए । ‘विभागले उद्योगको क्षमता, प्रकृतिलगायतबारे अध्ययन गरेर स्वीकृति दिएको हो,’ उनले भने, ‘विभागको स्वीकृतिसँगै उद्योग निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।’

विभागका अनुसार घोराही क्लिंकर ग्राइन्डिङ उद्योगले कुल ८ अर्व ९४ करोड ५९ लाख रुपैयाँ लगानी रहेको छ । जसमध्ये ७ अर्व ५७ करोड ९७ लाख रुपैयाँ स्थिर र १ अर्व ३६ करोड रुपैयाँ चालु पूँजी रहेको विभागले जानकारी दिएको छ ।

उद्योगले बार्षिक ८ लाख ८० हजार एमटी क्लिंकर उत्पादन गर्नेछ । यसैगरी ५४ हजार मेट्रिक टन अडिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन र पोर्टल्यान्ड पोज्जोल्याना सिमेन्ट (पिपीसी) ३६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ । उद्योग संचालनमा आएसँगै २ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सो उद्योग संचालनका लागि बार्षिक १५ हजार केभिए विजुली आपश्यक पर्ने छ ।

विभागको तथ्याङ्क अनुसार भुकम्पपछिको पुनर्निर्माणसँगै सिमेन्ट उद्योग खुल्ने क्रम बढेकोे छ । त्यस्तै गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा तलका उद्योगहरुलाई इआईए गर्न नपर्ने व्यवस्था गरेसँगै क्षमता विस्तार तथा नयाँ उद्योग खुल्नेक्रम बढेको छ । यसअघि १ हजार २ सय ५० टन प्रति दिन उत्पादन क्षमताभन्दा माथीका उद्योगले इआईए गर्नु पर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL