Logo

उद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन

उद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन



काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइनको बिलहरुको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको नाममा काटेको बिलको अध्ययन गर्नका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ३ सदस्सीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्र, श्रीराम राज पाण्डे र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले रहेका छन् ।

उक्त कार्यदलले प्राधिकरणले काटेको बिल टाइम्स अफ डे (टिओडी) मिटरअनुसार भए–नभएको र गणना गरेको मिले–नमिलेको जाँच गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्