Logo

शुक्रबार मात्रै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

शुक्रबार मात्रै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने



काठमाडौं । शुक्रबार एक दिनका लागि मात्रै नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने भएको छ । भोली मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत पुर्याउन लागिएको हो ।

यसअघि गएको असोज १७ गते काठमाडौंमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारसम्बन्धि भएको त्रिपक्षीय सम्झौता अनुसार शुक्रबार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु हुने भएको हो ।

प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ।

मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ। विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This