Logo

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्राधिकरण संचालक समितिको बैठकले डेडिकेटेड ट्रंक लाइनको बक्यौतावापतको करिव ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने मन्त्रिपरिषदको निर्णयबमोजिम बिजुली लाइन जोडिदिने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‍को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन पनि निर्देशन दिएको थियो ।

प्राधिकरणले उक्त विवादका कारण बिजुलीको बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन कात्तिक ८ गते काटिदिएको थियो । ति उद्योगमध्ये प्राधिकरणलाई ६ उद्योगले बक्यौतामध्येबाट पहिलो किस्ता बुझाई लाइन जोडीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्