Logo

डेडिकेटेड लाइनको विवाद वार्ताद्वारा समाधान गर्न महासंघको माग, उद्योगमा काटिएको लाइन तत्काल जोड्न आग्रह

डेडिकेटेड लाइनको विवाद वार्ताद्वारा समाधान गर्न महासंघको माग, उद्योगमा काटिएको लाइन तत्काल जोड्न आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उद्योगी र नेपाल विद्युतप्राधिकरणबीच विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित सँगै लगानीको वातावरणमा प्रतिकूल असर परेको भन्दै यसलाई वार्ताद्वारा समाधान गर्न आग्रह गरेको हो ।

यो विवाद समाधानका लागी लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा सबै पक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।

विभिन्न समयमा विभिन्न प्रत्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको बिषयमा उद्यमी व्यवसायी र नेपाल विधुत प्राधिकरणबीच मत भिन्नता रहेको छ । जसले गर्दा धेरै समयदेखि यो बिषय अल्झिएको छ । विजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरु तयार रहेको विदितै छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाको लागी अन्त गर्न सर्बोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन् ।

लाल आयोगको प्रतिवेदनको पृष्ठभुमिमा वार्ताको माध्यमबाट लामो समय देखिको डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धि समस्या समाधानको लागी नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिकका आवश्यक छ ।

तत्कालै काटिएको सम्पूर्ण उद्योगहरुको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाको लागि डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धि लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न महासंघले माग गरेको छ । नेपाल विद्युत प्राधिकरणले बिहीबार मात्रै बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत लाईन काटिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्