Logo

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण



काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक युनिलिभर नेपालले युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने उदेश्यले उक्त रकम हस्तान्तरण गरेको हो ।

हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद घडीमा पिडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक÷सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पूनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्