Logo

आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप कोषमा तीन करोड सहयोग गर्यो

आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप कोषमा तीन करोड सहयोग गर्यो



काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि उक्त समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्