Logo

सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र

सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस (युनाइटेड किंङडम मान्यता सेवा) बाट मान्यता प्राप्त एमटीभो लिमिटेड, युके बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।

यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ ।

साथै, यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने कम्पनीले जनाएको छ । कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो ।

नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी यो प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्