Logo

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण



काठमाडौं । युनिलिभर नेपालले डोभमार्फत् बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर पर्सनल केयर ब्रान्ड डोभ हो । खेलाडीहरूलाई सफलताको कामना पनि गरेको छ ।

दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेन्टहरूसँग पङ्क्तिबद्ध गर्दै फुटबलसंस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ,युनिलिभरले परम्परागत स्पोन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जनाएको छ ।

नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहे उल्लेख गर्दै युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गरेको छ ।

‘राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्