Logo

शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा, लाभांश पारित

शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा, लाभांश पारित



काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाले २.५० प्रतिशत लाभांश पारित गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश पारित गरेको हो ।

शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्