Logo

एप्पलको आधिकारिक विक्रेता जेन नेक्सद्धारा आइफोन-१६का सिरिज नेपालमा पनि सार्वजनिक

एप्पलको आधिकारिक विक्रेता जेन नेक्सद्धारा आइफोन-१६का सिरिज नेपालमा पनि सार्वजनिक



काठमाडौं । आइफोन–१६ सिरिज नेपालमा पनि सार्वजनिक भएको छ । एप्पल कम्पनीले ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन–१६ सिरिज सार्वजनिक गरेको थियो । बुधबार नेपालमा पनि आइफोन १६का विभिन्न भेरियन्टहरु सार्वजनिक गरेको नेपालका लागि आधिकारीक विक्रेता जेन नेक्सले जनाएको छ ।

यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन) १६, आइफोन–१६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रोम्याक्स) सार्वजनिक गरिएको छ । आइफोन–१६ मा अन्य फोनहरुभन्दा फरक विभिन्न विशेषताहरु छन । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सबैभन्दा सशक्त फिचरका रुपमा लिइएको छ ।

एप्पल कम्पनीले दिएको जानकारी अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्जनमा मात्र सुरु गरिने छ ।

आइफोन–१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको बताइएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुने छ ।

आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी ए १८ चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ । आइफोन–१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै टेलिफोटो लेन्स २ एक्स जुमको क्षमताको छ । आइफोन–१६ प्रोमा भने यो २एक्स जुम क्षमताको छ । यसमा लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन–१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

प्रतिक्रिया दिनुहोस्