Logo

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण



काठमाडौं । प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुहले प्रधानमन्त्री केपी शर्मा ओली उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

प्रभु समुह अन्तर्गतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्