Logo

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है !’ टिकटक प्रतिस्पर्धा, उत्कृष्ट तीनलाई पुरस्कार

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है !’ टिकटक प्रतिस्पर्धा, उत्कृष्ट तीनलाई पुरस्कार



काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धा आयोजना गरेको छ । बडादशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

हामीलाई त बडा दशैं लाग्यो है ! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्ने छन् ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफ सबैलाई आह्वान गर्दछ । यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताएका छन् । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्