Logo

मारुती सिमेन्टले लगानीकर्तालाई ४ प्रतिशत लाभांस दिँदै, कात्तिक ११ गतेका लागि बोलायो साधारणसभा

मारुती सिमेन्टले लगानीकर्तालाई ४ प्रतिशत लाभांस दिँदै, कात्तिक ११ गतेका लागि बोलायो साधारणसभा



काठमाडौं । मारुती सिमेन्ट्सले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बिहान साढे ११ बजे विराटनगरमा साधारणसभा बोलाएको छ । सभाले गत आव २०८०/८१ कम्पनीको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको १ लाख रुपियाँभन्दा माथिको रकम अनुमोदन, विभिन्न बैंकबाट लिएको ऋण तथा सोही आवमा गरेका निर्णय पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्