Logo

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन विस्तार हुने, आयल निगम र इण्डियन आयल कर्पाेरेशनबीच सम्झौता

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन विस्तार हुने, आयल निगम र इण्डियन आयल कर्पाेरेशनबीच सम्झौता



काठमाडौं । नेपालमा दुई पाइपलाईन विस्तार गर्न भारत सरकारले अनुदान उपलब्ध गराउने भएको छ । बिहीरबार इण्डियन आयल कर्पाेरेशनका निर्देशक सेन्थल कुमार नेपाल आयल निगमकका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टबीच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धि सम्झौता भएको हो ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्