Logo

सुपारी, केराउ र मरिचको आयात खुल्यो, औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न पाईने

सुपारी, केराउ र मरिचको आयात खुल्यो, औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न पाईने



काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचजको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको हो ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरिच आयात प्रतिबन्ध हटाइएको हो ।

सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार यस्ता वस्तु पैठारीमा बन्देज लगाएको छ । यस्तो बन्देज चैत २०७६ मा लगाइएको हो । सरकारले सूचनामा कुन वस्तुको कति परिमाण आयात गर्न दिने भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्