Logo

बच्चा जन्मेपछि दिने उपहार सानिमा रिलायन्सको ‘मेरो मुटु’, यस्ता छन् विशेषता

बच्चा जन्मेपछि दिने उपहार सानिमा रिलायन्सको ‘मेरो मुटु’, यस्ता छन् विशेषता



काठमाडौं । आफ्नो बच्चा जन्मेपछि यसलाई राम्रो बनाउनुपर्छ , यो सबैको मनमा आउने कुरा हो । आफ्नो त यस्तै भयो, बच्चाको भविष्य भने निकै राम्रो होस् सबैंले सोच्ने नै यहि हो । सबै आमा बुवाले आफु भन्दा आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चहना राख्छन् नै ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले एक यस्तो योजना कायम राखेको छ , जुन तपाई हाम्रो बच्चा जन्मेदेखि नै राम्रो भविष्य बनोस् र भविष्यको ग्यारेन्टि राखेको छ ।

जन्मेपछि अर्थात् १ महिना भएपछि सानिमा रिलायन्स लाईफको उक्त बीमा योजनामा जोडिन सकिने छ । एक महिनाको उमेर देखि १५ वर्षको उमेर समूहमा मेरो मुटु बाल जीवन योजनामा समावेश हुन सकिने छ । यो बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता हो । यस योजनाले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्द ।

यो योजना यस्तो छ , जसले बच्चा र प्रस्तावक दुबैलाई लाभ त दिन्छ नै । हरेक महिना आय समेत प्रदान गर्छ ।
कम्पनीका अनुसार यस योजनामा परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनेछ ।
साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमाअवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दत कम्पनीको भनाई छ ।

बीमा अवधि सकिनु अघि नै बीमितको देहान्त भएमा ४ प्रकारको सुविधा पाइने छ । पहिलो प्रकारबच्चाको उमेर १ महिना देखि २ वर्ष सम्मभएमा बीमाङ्क रकमको ४० प्रतिशत नियामानुसारको आर्जित बोनस पाइने छ । २ वर्षदेखि ४ वर्ष सम्म भएमा ६० प्रतिशत आर्जित बोनस, ४ वर्ष देखि ६ वर्ष सम्म भएमा ८० प्रतिशत बोनस् र ६ वर्ष भन्दा माथि भएमा सत प्रतिशत बोनस पाइने छ । दावी बीमाङ्कको २५प्रतिशत रकम बीमितको मृत्यु भएको समयमा र बीमाङ्कको ७५ प्रतिशत र बीमितको मृत्यु हुँदा सम्म आर्जित नियमानुसारको बोनस रकम बीमा अवधि समाप्त हुँदा भुक्तानी दिइने कम्पनीले जनाएको छ । यस योजनाको समग्र योग्यता यस्तो छ….

न्यूनतम बीमाङ्क रकमः ५०,०००
अधिकतम बीमाङ्क रकमः आम्दानी श्रोत र बीमा शुल्क भुक्तान क्षमतामा निर्भर रहने
न्यूनतम प्रवेश उमेर (बीमित बच्चा): १ महिना
न्यूनतम प्रवेश उमेर (प्रस्तावक): २१ बर्ष
अधिकतम प्रवेश उमेर (बीमित बच्चा): १५ बर्ष
अधिकतम प्रवेश उमेर (प्रस्तावक): ५५ वर्ष
न्यूनतम बीमा अवधिः १० वर्ष
अधिकतम बीमा अवधिः २५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर बीमित (बच्चा): २५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर (प्रस्तावक): ६५ वर्ष

यस योजनामा सहभागी भएर वर्षिका अर्धवार्षिक र त्रैमासिक भुक्तानीको समेत सुविधा राखिएको छ ।

यसमा १८ मध्ये एक घातक रोगको पहिचानमा ५० लाख बीमाङ्क सम्मको एकमुष्ट भुक्तानीको योजना समेत समावेश गरिएको छ ।

यस्तो सुविधा राखिएको सानिमा रिलायन्सको यो योजना बच्चाको भविष्य कामना गर्न र उनीहरुलाई उपहार दिन सर्वोप्रिय देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL