Logo

महासंघका पदाधीकारी र मुख्य सचिव अर्यालबीच भेट, आर्थिक बिकासका लागि नीतिगत स्थायित्व कायम गर्न सुझाव

महासंघका पदाधीकारी र मुख्य सचिव अर्यालबीच भेट, आर्थिक बिकासका लागि नीतिगत स्थायित्व कायम गर्न सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट गरेको छ । भेटमा महासंघले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक रहेको पनि उनले बताए ।

यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह ढकालले आग्रह गरेका छन् । सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनुपर्नेमा उनले जोड दिए ।

निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्फबाट अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरेका छन् ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफुले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
MBL