Logo

मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो, लगातार घट्दै नयाँ दर्ता

मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो, लगातार घट्दै नयाँ दर्ता



काठमाडौं । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो ।

उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यापार दर्ता भएको छ, भने सो आवमा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फ तीन सय ३६ उद्योग व्यापार बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यापार दर्ता हुदाँ उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो ।

यसअघि आव २०७८/७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यापारको मात्र लगतकट्टा भएकोे थियो । आव २०७७/७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्यतर्फ आठ सय १० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वािण्ज्यतर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको सो कार्यालयको तथ्याङकले देखाएको छ ।

आव २०७६/७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँच सय २५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यापारको लगतकट्टा गरिएको थियो । यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ ।

विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोर व्यवस्थाका कारण पनि उद्योग व्यापार दत्र्ता भन्दा बन्द गराउने क्रम बढ्ेको प्रमुख भुसालको भनाइ छ । लामो समयदेखिको आर्थिक मन्दिका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढदै गएको छ । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL