Logo

आइएमइ लाइफबाट बाहिरिए कवि फुयाँल, सन नेपाल लाइफमा जाने पक्का

आइएमइ लाइफबाट बाहिरिए कवि फुयाँल, सन नेपाल लाइफमा जाने पक्का



काठमाडौँ । आईएमई लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कविराज फुयाँलले पदबाट राजीनामा दिएका छन्। सीइओ फुयाँलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनी उच्च स्रोतले जानकारी दिएको छ।

फुयाँललाई केही समयअघि मात्रै बीमा प्राधिकरणले आइएमइ लाइफमा दोस्रो कार्यकालको सीइओ पदको लागि स्वीकृति प्रदान गरेको थियो। उनी दोस्रो कार्यकालको लागि सीइओमा पुनर्नियुक्ति भएपनि व्यक्तिगत कारण देखाउँदै आज आइतबार सञ्चालक समिति समक्ष राजीनामा बुझाएको उक्त कम्पनी स्रोतले जानकारी दिएको छ।

समाचार स्रोतका अनुसार फुयाँल आइएमई लाइफबाट बाहिरिएसँगै सन नेपाल लाइफमा सिनियर डिसियो भएर जाने पक्कापक्की भएको छ। केही समय उक्त कम्पनीमा डिसिइओको रूपमा काम गर्ने र त्यसपछि सिइओ हुनेगरी जान लागेको समाचार स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL