Logo

बारामा १३ सय साना उद्योग दर्ता, सयौंलाई रोजगारी

बारामा १३ सय साना उद्योग दर्ता, सयौंलाई रोजगारी



काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०÷८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

२ अर्ब २२ करोड १७ लाख ८८ हजार ६ सय २७ रुपैयाँ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको ३ अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए ।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन् । यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ । बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा रु ९६ लाख ४५ हजार दुई सय ५० राजस्व सङ्कलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए ।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL