Logo

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन



काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् ।

यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ ।

मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ ।

यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।

मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।

मिदास हेल्थ सर्भिसेजका बारेमाः
आइएमई समूह अन्तर्गतको मिदास हेल्स सर्भिसेजले स्वास्थ्य सेवा सूचना प्रणाली विकास तथा सेवा उपलब्ध गराउँछ । यसले दुई सय भन्दा बढी अस्पतालहरूलाई हस्पिटल एप तथा स्वास्थ्य सूचना प्रणाली उपलब्ध गराएको छ । उपचार र स्वास्थ्य सेवा अनुभव सुधार गर्नको लागि यो सेवाले अस्पतालहरूलाई उनीहरूको सेवाहरू आधुनिकीकरण र सुधार गर्न भरपर्दो साझेदारी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL