Logo

नेको इन्स्योरेन्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति छ ?

नेको इन्स्योरेन्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति छ ?



काठमाडौं । गत आर्थिक वर्षमा नेको इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानीमा सामान्य गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा कम्पनीको खुद नाफा २.७४ प्रतिशत र प्रतिशेयर आम्दानी ९६ पैसाले घटेको छ ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा यस्तो नाफा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको खुद आर्जित बीमाशुल्क ७.३३ प्रतिशत, कुल आम्दानी ३.९० प्रतिशत, खुद दाबी भुक्तानी १४.३२ प्रतिशत र कुल खर्च ५.५३ प्रतिशत घटेको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७ पैसा कायम भएको छ । जुन अघिल्लो आव २०७९/८० मा ३५ रुपैयाँ ३ पैसा रहेको थियो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २४.५३ गुणा रहेको छ ।

कुल चुक्ता पूँजी २ अर्ब १ करोड रहेको यस कम्पनीको विशेष जगेडामा २ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL