Logo

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL