Logo

आइएमई लाइफको नाफामा दोब्बर बढीको उछाल, ४ अर्ब ७४ करोड बीमा शुल्क आर्जन

आइएमई लाइफको नाफामा दोब्बर बढीको उछाल, ४ अर्ब ७४ करोड बीमा शुल्क आर्जन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोब्बर बढीले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आवको तुलनामा १४५.०५ प्रतिशत अर्थात २.४५ गुणा बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २० करोड ९९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको व्यापार अर्थात् कुल बीमा शुल्क आर्जन पनि दोहोरो अंकले बढेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो बीमा शुल्क १३.२४ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ११ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बढी थियो ।

खुद बीमा शुल्क आर्जन पनि १४.४३ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ३ अर्ब ९५ करोड १९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने भने बढेर ४ अर्ब ५२ करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ २९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५९ पैसा छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशत बढेर ९ अर्ब ९९ करोड १२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL