Logo

हिमालयन डिष्टिलरीको नाफा ४६.५५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि ह्रास

हिमालयन डिष्टिलरीको नाफा ४६.५५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि ह्रास



काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन डिष्टिलरीको नाफा करिब आधाले घटेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आवको तुलनामा ४६.५५ प्रतिशतले कम हो । यस्तै कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशत र कुल नाफा ३०.३९ प्रतिशत घटेको छ । कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशत र सञ्चालन मुनाफा ४४.११ प्रतिशतले घटेको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ह्रास आएको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL