Logo

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ९७.६४ प्रतिशत वृद्धि, कमायो १ अर्ब २८ करोड

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ९७.६४ प्रतिशत वृद्धि, कमायो १ अर्ब २८ करोड



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफामा झण्डै शतप्रतिशत वृद्धि भएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीको खुद नाफा ९७.६४ प्रतिशत बढेर १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्प्नीले ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन भने ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको तुलनामा ८२.७५ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको खुद दावी भुक्तानी पनि ४७.१९ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा पनि ६७.०९ प्रतिशत बढोत्तरी भई ६ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ कायम भएको छ। कुल खर्च भने ५५.१२ प्रतिशत बढेर ४ अर्ब ४७ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL