Logo

नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा कमायो ५१ करोड ३९ लाख नाफा

नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा कमायो ५१ करोड ३९ लाख नाफा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष ३०.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

खासगरी कम्पनीको कर्जा लगानीबाट राम्रो आम्दानी हुँदा नाफामा वृद्धि भएको हो । कम्पनीको वित्तीय रिपोर्ट अनुसार समीक्षा वर्षमा ब्याज आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बीमा कोषको आकार बढेर १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेकोमा यसको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL