Logo

कजारिया रमेश टायल्सद्धारा नयाँ अत्याधुनिक उत्पादन केन्द्र स्थापना, क्लिन लाइटअप उद्घाटन

कजारिया रमेश टायल्सद्धारा नयाँ अत्याधुनिक उत्पादन केन्द्र स्थापना, क्लिन लाइटअप उद्घाटन



काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइटअप (भट्टी प्रज्वलन) उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति नयाँ अत्याधुनिक उत्पादन केन्द्रको स्थापना गरिएको हो ।

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी पनि कार्यक्रममा सहभागीता रहेको थियो । समारोहले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुंगा पार गरेको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ । जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पुर्ती सँगै मुल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।

नयाँ अत्याधुनिक उत्पादन केन्द्र स्थापना गर्दै अध्यक्ष कजारियाले भने, ‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौं । कजारिया सेरामिक्स यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।’

प्रतिक्रिया दिनुहोस्
MBL