Logo

सलिको र एनटिभीएबीच सवारी साधनको बीमा र बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्झौता

सलिको र एनटिभीएबीच सवारी साधनको बीमा र बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्झौता



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) बीच सम्झौता भएको छ । सलिको र संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौतामा साउन २२ गते एक समारोहबीच हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेको हो ।

उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारीधनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्समा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL