Logo

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना थप परिष्कृत, आइएमई ‘पे’मा पैसा पठाउँदा एक हजारसम्म क्यासब्याक

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना थप परिष्कृत, आइएमई ‘पे’मा पैसा पठाउँदा एक हजारसम्म क्यासब्याक



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई ‘पे’ले विदेशबाट पठाएको रकम आइएमई ‘पे’ वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजारसम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई ‘पे’ वालेटमा पठाएको पैसा आइएमई ‘पे’ एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

‘आइएमई गरौँ,करोडपति बनौँ’ योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरूको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई ‘पे’ ले यस अघिको योजनामा प्रयोगकर्ताहरूको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ ।

आइएमई ‘पे’ वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहक वर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नवीकरण तथा थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL