Logo

गार्डियान माइक्रो लाइफको आइपीओ आउँदै, शेयर प्रत्याभूति नेपाल एसबिआई मर्चेण्ट बैंकले गर्ने

गार्डियान माइक्रो लाइफको आइपीओ आउँदै, शेयर प्रत्याभूति नेपाल एसबिआई मर्चेण्ट बैंकले गर्ने



काठमाडौं । गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य एक सयका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट नियुक्त गरेको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त शेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL