Logo

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड-२०२४ सम्पन्न, तीन सय एजेन्सीहरुलाई सम्मान

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड-२०२४ सम्पन्न, तीन सय एजेन्सीहरुलाई सम्मान



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न उक्त आवर्डले कम्पनीको व्यवसाय वृद्धिमा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताइएको छ । उक्त कार्यक्रममा अभिकर्ताहरुको सम्मान स्वरुज आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय एजेन्सीहरुलाई विभिन्न अवार्डसहित सम्मान गरेको हो ।

कम्पनीले देशैभरीबाट विभिन्न विधामा तीन सय एजेन्सीहरुलाई सम्मान गरेको छ । जसमा गत आर्थिक वर्षको टिम बिजेनेश, व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न र सबैभन्दा बढी पोलिसी बिक्री गर्ने एजेन्सीहरुलाई सम्मान गरिएको थियो । जसमा व्यक्तिगत कोडबाट गेल्मु लामा र टिम बिजनेशबाट नगेन्द्र कुमार श्रेष्ठ सर्बोत्कृष्ट हुन सफल भएका छन् ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुँयालले अभिकर्ताहरुको कडा, मिहिनेतका कारण कम्पनीको वित्तीय विवरण पनि बलियो भएको दावी गरे । । उनले बीमा व्यवसायमा अभिकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई सम्मान र हौसला दिन आवश्यक रहेको बताए । त्यस्तै,आइएमई समुहका संस्थापक शेयरधनी हेमराज ढकालले नेपालमा बीमाको व्यवसाय राम्रो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL