Logo

सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु चयन, यस्तो छ नयाँ कार्यसमिति

सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु चयन, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु चयन भएका छन् । संघको गत शुक्रबार सम्पन्न २० औं बार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि मारुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

साधारणसभाले संघको नयाँ कार्यसमितिमा अध्यक्षमा मारुका साथै उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्णलाई चयन गरेको छ । यस्तै संघको सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् ।

संघको सल्लाहकार समूहमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल मनोनीत भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष ध्रुब थापा छन् ।

साधारणसभाबाट चुनिएका नयाँ अध्यक्षले नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि नीजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबिच सहकार्य गरी अघि बढ्ने बताए ।

सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्ने अध्यक्ष मारुले बताए ।

प्रतिक्रिया दिनुहोस्