Logo

कानुनविपरित कार्य गर्ने ५ पानी उद्योग र वितरकलाई कारबाही, १ लाख जरिवाना

कानुनविपरित कार्य गर्ने ५ पानी उद्योग र वितरकलाई कारबाही, १ लाख जरिवाना



काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ५ पानी उद्योग र वितरकलाई कारबाही गरेको छ । बुधबार र बिहीबार विभागबाट खटिएको अनुगमन टोलीले अनुगमनका क्रममा उक्त पानी उद्योगहरुले गैरकानुनी कार्य गरिरहेको पाइएपछि जरिवानासहितको कारबाही गरिएको हो ।

विभागका अनुसार गोकर्णेश्वरको क्वालिटी खानेपानी प्रालि, गोकर्णेश्वरकै कृपा सप्लायर्स, सोही स्थानकै श्रेष्ठ नारायण दैनिक खाद्यान्न भण्डार, बाला किराना पसल र चन्द्रागिरी नगरपालिकाको ओम खुसीखुसी स्टोरलाई कारबाही गरिएको हो । उक्त उद्योग तथा वितरकहरुलाई ५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवानासमेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL