Logo

पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्धा, ८५ लाख विगो दाबी

पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्धा, ८५ लाख विगो दाबी



काठमाडौं । पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्धा दायर भएको छ । गैर कानुनी कार्यबाट आर्जित सम्पत्ती सुन किनेर चोख्याएको भन्दै उनिविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको हो ।

उनले २०६८ मा एक व्यापारीलाई अपहरण गरी उनिसँग फीरौतिवापत मागिएको पैसाको केही अंशले सुन खरिद गरेका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले गरेको अनुसन्धानबाट उनले फिरौति मागेको पैसामध्ये १७ लाख रुपैयाँको सुन खरिद गरी उक्त पैसालाई शुद्धिकरण गरिएको देखिएको छ ।

यसरी गैरकानुनी धनलाई सुद्धिकरण गरेकै कारण उनीविरुद्ध मुद्धा दायर भएको हो । यस्तै उनले फिरौती मागिएको पैसाबाट केहि रकम अन्य व्यक्तिलाई पनि दिएको देखिएको छ । यसरी उनले कुल ८५ लाख रुपैयाँ गैरकानुनी पैसालाई सुद्धिकरण गरेको आरोप । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्धामा उनिविरुद्ध ८५ लाख रुपैयाँको विगो दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL