Logo

एक अर्ब लगानीमा होटल पौवा हलेसी र मुलकोटमा संचालन : देशभर १५ आउटलेट विस्तार, ७ सयलाई रोजगारी

एक अर्ब लगानीमा होटल पौवा हलेसी र मुलकोटमा संचालन : देशभर १५ आउटलेट विस्तार, ७ सयलाई रोजगारी



काठमाडौं । झण्डै एक अर्ब लगानीमा पौवा होटलले सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा होटल संचालमा ल्याएको छ । होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको हो । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई बिस्तार गरिएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बीच रिसोर्ट संचालनमा ल्याएको हो ।

यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पुर्याएनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पुर्वतर्फ अगाडि बढेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको उनले बताए ।

यस्तै पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले संसारभरका पर्यटकलाई नेपालको संस्कार र संस्कृति देखाउनका लागि होटल पौवाले काम गरेको बताए । ‘हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ,’ उनले भने, ‘नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १५ वटा पौवा चेन बनाएका छौ । जुन पर्यटकी गन्तव्य क्षेत्र समेत हु । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्त पुग्ने अपेक्षासमेत गरेका छौ ।’

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो । अब पौवाको १४ औ शाखा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५ औ शाखा बिस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भईरहेको छ ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

पौवाका व्यवस्थापक धुव्र न्यौपानेका अनुसार पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको उनले बताए ।

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास रहेको उनले बताए । एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ । कम्पनीले आगामी १० बर्षमा विदेशमा पनि आफ्नो शाखा विस्तार गर्ने लक्ष्य लिएको न्यौपानेले बताए । देशभर शाखा विस्तारमा तिव्रता दिईरहेको उक्त होटलमा हालसम्म ५५ जनाले लगानी गरेका छन् भने ७ सय जना बढीले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL