Logo

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित, उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित, उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध



काठमाडौं । नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ । इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १० औं वार्षिक परिषदको भब्य समारोह मार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको जनाएको छ । हिमालयन डिस्टिलरीले आगामी दिनमा कर्पोरेट सुशासन र वित्तिय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराएको छ ।

उत्पादन क्षेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरीले आफ्ना वितरक, कर्मचारी, ब्यवस्थापन, सेयरधनी सहित सम्पूर्ण निरन्तर सहयोग र साझेदारीका निम्ति हार्दिक कृतज्ञता समेत ब्यक्त गरेको छ ।

मूल्यवान साझेदारहरूको निरन्तर सहयोगका साथ, कम्पनीले अझ बढी उचाइ हासिल गर्न सक्ने विश्वास कम्पनीले राखेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्टस (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीको भनाइ छ ।

सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । खोज, विकास, उत्पादन र बजारमा गुणस्तर कायम गर्न हिमालयन डिस्टिलरीको महत्वपूर्ण योगदान छ । हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL