Logo

गत बर्ष १८ लाख ३९ हजार थान स्मार्टफोन आयात, साढे २८ अर्ब बढी बाहिरियो

गत बर्ष १८ लाख ३९ हजार थान स्मार्टफोन आयात, साढे २८ अर्ब बढी बाहिरियो



काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा मात्रै नेपालमा १८ लाख ३९ हजार बढी स्मार्टफोन आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्यांक अनुसार उक्त मात्रामा स्मार्टफोनहरु नेपाल भित्रिएका हुन् ।

यसरी नेपाल भित्रिएका स्मार्टफोनमार्फत एकै बर्षमा २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बाहिरिएको तथ्यांकमा उल्लेख छ । नेपालमा आयात भएका स्मार्टफोनमार्फत नेपालले एक बर्षको अवधिमा ५ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL