Logo

उद्योगीले बालेको बिजुलीको पैसा तिर्नैपर्छ, पैसा छ भन्दैमा जवर्जस्ती माग्न पाईँदैन : प्रधानमन्त्री ओली

उद्योगीले बालेको बिजुलीको पैसा तिर्नैपर्छ, पैसा छ भन्दैमा जवर्जस्ती माग्न पाईँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीले उपभोग गरेको बिजुलीको मात्रै पैसा तिर्नैपर्ने बताएका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन् ।

केहिदिन अघि मात्रै प्रधानमन्त्री ओलीले उद्योगी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्दै उद्योगीको विद्युत लाईन जोडदिन आग्रह गरेका थिए । तर, प्राधिकरणले हालसम्म विच्छेद गरिदिएको ६ उद्योगको बिजुली जोडदिन मानिरहेको छैन । सोही कुरालाई संसदमा सांसदहरुले यसबारे प्रश्न उठाएका थिए ।

सोही प्रश्नहरुमा उत्तर दिँदै उनले उद्योगीहरु निरिह रहेको भन्दै उनिहरुसँग उपभोग गरेको बिजुलीको मात्रै पैसा माग्नुपर्ने बताएका छन् । ‘उद्योगीहरुले पैसा दिन्छौं भनिरहनुभएको छ, तर राज्यले तिर्नुपर्ने पैसाको प्रमाण दिनुपर्छ,’ उनले भने, ‘तर, उद्योगीसँग पैसा छ भन्दैमा अनावश्यक पैसा माग्न पाईँदैन भनिएको हो, पैसा नै तिर्नुपर्दैन भनिएको होईन ।’

उनले यसमा गहन छानविन गर्नुपर्ने बताउँदै विजुली उत्पादन उच्च भएका बेलामा उद्योगको बिजुली काट्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL