Logo

कुलमानलाई प्राधिकरणका कर्मचारीको साथ, पाँचै संगठनले भने–जबर्जस्ती गरे आन्दोलन गछौं

कुलमानलाई प्राधिकरणका कर्मचारीको साथ, पाँचै संगठनले भने–जबर्जस्ती गरे आन्दोलन गछौं



काठमाडौं । नेपाल विद्युत प्राधिकरणमातहतका पाँच कर्मचारी संगठनले कुलमान घिसिङको पक्षमा विज्ञप्ति जारी गरेका छन् । उद्योगी र प्राधिकरणबीचको डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवादमा सरकारले जवर्जस्ती गर्न खोजेको भन्दै पाँचै कर्मचारी संगठनहरु कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका हुन् ।

पाँचै संगठनले जारी गरेको विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ अनुसार मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै बेला विद्युत लाइन काटिन सक्ने व्यवस्था भएकाले प्राधिकरणले उद्योगीको विद्युत लाइन काटेको उल्लेख छ ।

डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलका विषयमा न्यायालय र छानविन आयोगले समेत विद्युत महशुल भुक्तानी लिन भनेको भन्दै संगठनले उक्त कुराको जोडबर गरेका छन् । उक्त डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल भुक्तानी कार्यान्वयन गर्दा प्राधिकरणलाई जस्तो सुकै समस्या आइपरे पनि साथ दिने समेत पाँचैवटा संगठनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL