Logo

हिमगिरि हाईजिनकाे ब्रान्ड एम्बेस्डरमा महजाेडी अनुबन्धित, १ अर्ब लगानी थप्ने कम्पनीको घोषणा

हिमगिरि हाईजिनकाे ब्रान्ड एम्बेस्डरमा महजाेडी अनुबन्धित, १ अर्ब लगानी थप्ने कम्पनीको घोषणा



विराटनगर । महजाेडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हिमगिरि सोप एण्ड केमिकल प्रा. लि.काे ब्रान्ड एम्बेस्डरकाे रूपमा अनुबन्धित भएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा ब्रान्ड एम्बेस्डरकाे रूपमा महजाेडी र उद्योगबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

माेरङकाे बुढीगंगास्थित टंकीसिनुवारीमा १८ वर्ष अगाडी हिमालयन सोप नामको रुग्ण उद्योगलाई औद्योगिक घरानाले खरिद गरी हिमगिरि सोप एण्ड केमिकल प्रा. लि. स्थापना भएको थियो ।

उक्त कम्पनीबाट साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोपको लगायतका लोकप्रिय ब्रान्डहरू बजारमा दिँदै आएको छ । धोनी लगायतका विभिन्न ब्रान्डहरू छिमेकी मुलुक भारत तथा भुटान जस्ता मुलुकहरूमा निर्यात गर्दै आएको उद्योगको भनाई छ ।

उद्योगका डाइरेक्टर महेश जाजुले भने–…नेपाली उपभोक्तालाई विश्वास दिलाउँदै साबुन जगतमा आयातलाई प्रतिस्थापन गर्दै विदेशी मुद्रा आय आर्जन गर्दै साबुन उद्योग जगतमा देशलाई आत्मनिर्भर बनाउन यस हिमगिरि सोप एण्ड केमिकलले अहम् भूमिका खेल्न सफल भएको छ ।’

उनले भने-डिट रजेन्ट पाउडर, ट्वाईलेट सोप, स्याम्पू लगायत हाईजिन प्रोडक्टलाई पनि आयतलाई निरुत्साहित गर्दै आत्मनिर्भर बनाउन विभिन्न परिवर्तनहरू गर्दै हिमगिरि सोप एण्ड केमिकलबाट नाम परिवर्तन गरि हिमगिरि हाईजिन बनाई सशक्त ढंगबाट अगाडी बढेका छौँ ।´

कोभिड महामारीको बेला उक्त उद्योगले स्यानिटाइजर, डिसइन्फेटेट अक्सिजन तथा हात धुने साबुन लगायत स्वास्थ्यका लागी अति आवश्यक सामाग्रीहरू अग्रभागमा रही काम गर्ने स्वास्थ्य सेवा कार्यरत कर्मचारी, प्रहरी सेना, यातायात क्षेत्रमा कार्यरत कर्मचारीहरूको लागि प्रहरी प्रधान कार्यालय मार्फत स्यानिटाइजर, मास्क ४२ लाख बराबरको निःशुल्क उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL