Logo

डेडीकेटेड/ट्रंकलाइन विवाद : उद्योगमा लगातार बिजुली कट भएपछि उर्जा उत्पादक चिन्तित

डेडीकेटेड/ट्रंकलाइन विवाद : उद्योगमा लगातार बिजुली कट भएपछि उर्जा उत्पादक चिन्तित



काठमाडौं नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरुबीच भएको डेडीकेटेड ट्रंकलाइन विवादले उर्जा उत्पादकहरु पनि चिन्तित भएका छन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै उद्योगको लाइन काटिदिने र स्वयं उद्योगीहरु पनि आफ्नो उद्योगको लाइन काटिरहेकाले विद्युत उत्पादन उच्च हुने बेलामै विद्युत खपत घट्ने चिन्ता स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जाहेर गरेको हो ।

बर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पर्ने इप्पानको भनाई छ । निजी क्षेत्र र प्राधिकरणको विवादको असर आयोजनामा देखिन थालिसकेको उर्जा उत्पादकहरुले बताएका छन् ।

सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने उनिहरुको भनाई छ ।

ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूणर् सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने इप्पानको बुझाई छ ।

नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडीकेटेड लाइनको वक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडी हटेर वैकल्पिक बाटो अपनाउनुपर्ने इप्पानको बुझाई छ ।

इप्पानले निजी क्षेत्रहरुको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाईदिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL