Logo

एकोरको होटल ‘मर्क्योर’ काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त

एकोरको होटल ‘मर्क्योर’ काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त



काठमाडौं । नेपालमा एकोरको पहिलो होटल मर्क्योर काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त भएका छन् । एकोरको व्यवस्थापनमा संचालनमा हुन लागेको दि मेट्रोपोलिटन होटलका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले नाममारनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

एकोरले विश्वभर ६५ देशमा ९६० बढी होटल संचालन गर्दै आएको छ । जसमध्ये नेपालको मर्क्योर होटलमा भने नानमारन नियुक्त भएका हुन् । नानमारनसँग सो क्षेत्रको लामो अनुभव र रणनीतिक कौशलता भएको कम्पनीले जानकारी दिएको छ ।

जसको साथमा होटलले असाधारण आतिथ्यता र सेवा प्रदान गर्न सक्ने विश्वास लिइएको छ । उनको दृष्टिकोण र होटलको लक्ष्य मेल खाने हुनाले पनि उक्त होटलको महाप्रवन्धकमा उनलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL