Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं वार्षिकोत्सव, रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं वार्षिकोत्सव, रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ वर्ष पार गरेर १८औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

“रक्तदान गर्नुहोस् , जीवन दान दिनुहोस्” मूल नारासहित सिटी एक्सप्रेस मनी ट्रान्सफरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा रक्तदानका लागि रक्तदाताहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL